राष्ट्र बैंकले बिक्री गर्यो धनतेरसका लागि सुनको असर्फी र चाँदीको सिक्का (तस्बिरहरु)
काठमाडौं । आज धनतेरसका लागि सुनको असर्फी र चाँदीको सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा मानिसहरूको भीड लागेको छ ।
राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गरेको छ ।
आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी