सुनकोशी पुल यातायातको लागि खुला, तर यस्ता छन् शर्त



काठमाडौं । सरकारले खुर्कोट –रामेछाप जोड्ने स्टिल ट्रस पुल यातायातको लागि खुला गरेको छ । पुल निर्माणपछि सर्वसाधारणको अवागमनका लागि खुला गरिएको हो ।

गत असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीका कारण खुर्कोट र रामेछाप सडक खण्ड जोड्ने सुनकोशी नदीमाथिको स्टिल ट्रस पुल बगेको थियो ।

सडक विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बाढीको भेलले उक्त पुलको रामेछापतर्फ ५०.४५० मिटरको स्पान बगाएको थियो । नेपाली सेनाले उक्त पुलको पुननिर्माण गरी सडक विभागलाई हस्तानान्तर गरेपछि बिहीबारदेखि अवागमनका लागि उक्त पुल खुला गरिएको हो ।

उक्त पुल प्रयोग गर्न भने केही शर्त तोकिएको छ । १५ टनभन्दा कम भार क्षमताको सवारी साधन एक पटकमा एउटा मात्रै ओहोरदोहोर गर्न पाउने शर्त तोकिएको छ । यस्तै उक्त पुलबाट ओहोरदोहोर गर्न सवारी साधनको गति २० किलामिटर प्रति घण्टा तोकिएको छ ।


क्लिकमान्डु