रविलाई अदालत पेस गरिँदै, म्याद थप होला ?



पोखरा । सहकारी ठगी प्रकरणमा प्रकउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि बिहीबार (आज) अदालतमा पेस गरिँदै छ ।

अदालतले गत आइतबार उनीमाथि अनुसन्धानका लागि ६ दिनको समय दिएकोमा आज सकिएपछि थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीले जनाएको छ ।

लामिछानेलाई गत शुक्रबार काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम अवैध रुपमा गोर्खा मिडिया प्रालिमा गएको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो । लामिछाने गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनका प्रवन्ध निर्देशक हुन् ।


क्लिकमान्डु