ट्रायम्फ डे: एकै दिन २०० ट्रायम्फ मोटरसाइकल वितरण



काठमाडौं । ट्रायम्फ नेपालले ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’ कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको नक्सालस्थित ट्रायम्फ सोरूममा आइतबार आयोजना गरिएको कार्यक्रममा नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम भएको थियो।

कम्पनीका अनुसार एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू डेलिभर गरिएको थियो। गत अगस्टमा लन्चपछि प्रि–बुक गरिएका मोटरसाइकलहरू हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ट्रायम्फका स्पिड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेल डेलिभरी गरिएको थियो।

नाडा अटो सो २०२४ सार्वजनिक गरिएको यस ब्रान्डलाई लिएर ग्राहकहरू अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो। नाडा अटो सोमा बुक गर्ने २०० ग्राहकले सो कार्यक्रममा भाग लिएका थिए। कम्पनीका अनुसार कार्यक्रममा ‘द जेन्टलम्यान्स क्लब’ को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक ‘कम्युनिटी ग्रुप’ हो।

कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो। यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने छ ।

जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायका लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउनेछन्। कार्यक्रममा सो मोटरसाइकलको वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ट्रायम्फ ब्रान्डलाई नेपाली बजारमा अझै विस्तार गर्ने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु