६ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएपछि अदालतबाट यसरी बाहिरिए रवि लामिछाने



पोखरा । सहकारी ठगी प्रहरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन म्याद थप गरेको हो ।

गत शुक्रबार पार्टी कार्यालय काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा आज आइतबार थुकछेक बहस भएको थियो ।

थुनछेक बहस सकिएसँगै उनलाई ६ दिन प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

थुनामा राख्न आदेश भएसँगै रवि लामिछानेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्की लगेको छ ।


क्लिकमान्डु