रवि लामिछाने पक्राउ प्रकरण: थुनछेक बहस सकियो, आदेश केही बेरमा आउने



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा भएको थुकछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै केही समयमा आदेश आउनेछ ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।

थुनछेक बहसपछि अनुसन्धानका लागि म्याद थप गर्ने वा नगर्ने भन्नेमा इजलासले आदेश जारी गर्ने छ ।

‘बादी प्रतिवादी दुबै पक्षको बहस सकिएपछि थुनामा राखेर अनुसन्धान अघि बढाउने वा नबढाउने भन्ने निर्णयको प्रकृयामा छ, एक घण्टामा निर्णय आउने छ,’ जाहेरवालाका तर्फबाट बहस गरेका एक कानुन व्यवसायीले भने ।


क्लिकमान्डु