दुई महिनामा नेपालीले खाए सवा अर्ब रुपैयाँको चाइनिज स्याउ



काठमाडौं । देशभित्रै उत्पादनको प्रसस्तै संभावना हुँदा हुँदै पनि कृषिजन्य वस्तुको उत्पादनमा निरन्तर परनिर्भरता बढिरहेको छ। दाल चामल र तरकारी मात्रै नभएर फलफुलमा पनि परनिर्भरता चुलिँदै गएको छ । यतिसम्म कि नेपालीहरुले २ महिनामै सवा अर्ब रुपैयाँको चाइनिज स्याउ खाएका छन् ।

नेपालमै उत्पादित मुस्ताङको स्याउले बजार नपाएर किसानहरु हैरान छन् । तर नेपालीहरु भने चिटिक्कका देखि चाइनिज र कस्मीरी स्याउ खान मन पराउँदा आयात बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्रै नेपालले चीनबाट १ अर्ब १५ करोड २८ लाख रुपैयाँको स्याउ किनेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको दुई महिनामा १२.८ प्रतिशतले बढी हो । गत वर्षको साउन र भदौ महिनामा १ अर्ब २ करोड १६ लाख रुपैयाँको स्याउन आयात भएको थियो ।

अघिल्लो वर्ष सवा ५ अर्बको चाइनिज स्याउ किनेका नेपालीले गत वर्ष साढे सात अर्बको चाइनिज स्याउ किनेका छन् ।


क्लिकमान्डु