निफ्राले ५० लाख कित्ता ऊर्जा ऋणपत्र निष्कासन गर्ने, ६ प्रतिशत वार्षिक ब्याजदर



काठमाडौं ।  नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेड (निफ्रा)ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ६% (२०८८÷८९)’ निष्कासन गर्ने भएको छ ।

कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र वार्षिक ६ प्रतिशत ब्याजदरको हुनेछ । बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक  विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ ।


क्लिकमान्डु