सिटिजन्स बैंकका सीईओको तलब भत्ता ९३ लाख बढी, सञ्चालकले बुझे साढे २४ लाख भत्ता



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ९३ लाख ३८ हजार ६८३ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले गत आवमा सीईओलाई तलब बापत ८४ लाख, भत्ता ५४ लाख, दशैंमा ११ लाख ५० हजार, संचयकोष योगदान ८ लाख ४०, विदा बापतको भुक्तानी ७ लाख, अन्य ४२ हजार सहित १ करोड ६५ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । उक्त तलब भत्ता बापत दिएको रकमबाट ७१ लाख ९३ हजार ३१७ रुपैयाँ आयकर कट्टि भएको बैंकले जनाएको छ । बैंकले सीईओलाई बोनस तथा कल्याणकारी कोषबाट प्राप्त रकम प्रचलित बोनस ऐन अनुसार रहेको जनाएको छ ।

बैंकले अन्य कार्यकारी पदाधिकारीलाई ३ करोड ६६ लाख ३ हजार ५६८ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । जसबाट १ करोड १० लाख ७० हजार ४३५ रुपैयाँ आयकर कट्टि गरेको जनाएको छ । अन्य कार्यकारी पदाधिकारीलाई २ करोड ५५ लाख ३३ हजार १३३ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकले सञ्चालकलाई २४ लाख ६१ हजार हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । यस्तै सञ्चालकलाई टेलिफोन तथा मोबाइल बापत २ लाख ४२ हजार २३ रुपैयाँ, इन्धन ४ लाख १२ हजार ४५ रुपैयाँ, पत्रपत्रिका बापत १ हजार ६१ हजार ३४८ रुपैयाँ भुक्तानी गरेको छ ।


क्लिकमान्डु