भदौमा भित्रियो साउनमा भन्दा कम रेमिट्यान्स



काठमाडौं । साउनको तुलनामा भदौमा नेपालमा भित्र्ने विप्रेषणमा कमी आएको छ । साउनको तुलनामा भदौमा १० अर्ब ७२ करोडले विप्रेषणमा कमी आएको हो ।

चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुपैैयाँ विप्रेषण आप्रवाह भएको छ । साउनमा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ जना रहेको थियो । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो ।


क्लिकमान्डु