दशैंपछिको पहिलो सेयर कारोबारमा उत्साह, अधिकांश उपसूचकमा हरियाली



काठमाडौं । वडा दशैंको बिदापछि भएको पहिलो सेयर कारोबारमा हरियाली छाएको छ ।

बजार मापन गर्ने सूचक हरियो भएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ३१.४८ अंकले बढेर परिसूचक २६९९.६६ बिन्दु कायम भएको छ । यो दिन बजार करिब २७ बिन्दु नजिक पुगेको छ ।

कारोबारमा ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २०५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ ।

यो दिन उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु