दशैंमा सिप्रदीले बेच्यो टाटाका ७५१ वटा गाडी, पन्च ईभी नै ३७७ वटा डेलिभर



काठमाडौं । यसपालिको दशैंमा टाटाका कुल ७५१ गाडी ग्राहकलाई डेलिभरी गरिएको छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ गाडी नेपाली बजारमा डेलिभरी गरेको हो ।

यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ । सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।

टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्रि भएको मोडल हो । यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । विशेषगरी महिला र पहिलो गाडी लिन खोज्ने ग्राहकको पहिलो रोजाईमा यो कार पर्न सफल भएको छ । टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर ईभीको १० युनिट र आईसीई गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

यो दशैंमा एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टीको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कार डेलिभर गरेको छ ।

यसको साथै दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।

सिप्रदीको नेपालभरि १८५+ चार्जिङ नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।


क्लिकमान्डु