चालकबिना नै चल्ने टेस्लाले यस्तो कार ल्याउँदै



एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित वार्नर ब्रदर्स स्टुडियोमा टेस्लाका मालिक एलन मस्कले वहुप्रतिक्षित रोबोट्याक्सी साइबरक्याब अनावरण गरे ।

‘वि रोबोट’ नामको इभेन्टमा अर्बपति एलन मस्कले यो कार स्वचालित रहेको भन्दै मानव सञ्चालित गाडीभन्दा धेरै सुरक्षित हुने दाबी गरे । अर्थात् यो कार चालक बिना नै चल्नेछ ।

जसमा दुई ठूला ढोका हुनेछन् । र यसमा कुनै प्याडल र स्टेयरिङ ह्विल पनि नहुने बताइएको छ । एलन मस्कले यसको उत्पादन २०२७ भन्दा पहिले नै हुने बताइरहेका छन् ।

साथै मस्कले साइबरक्याबको प्रतिस्पर्धा अल्फाबेट कम्पनीको भेमोसँग हुने पनि बताएका छन् । यसको प्रारम्भिक मूल्य ३० हजार अमेरिकी डलरभन्दा थोरै हुने पनि बताइएको छ ।

जवकि रिसर्च फरेस्टरसँग जोडिएका पल मिलरले यस कार लन्च गर्ने विषयमा आशंका व्यक्त गरेका छन् । उनले पूर्वनिर्धारित समय निर्धारण गरिएको र मूल्यको विषयमा पनि आपत्ति जनाएका छन् । अर्थात् पूर्वनिर्धारित समय र मूल्यमा यो तयार हुन नसक्ने उनको जिकिर छ ।


क्लिकमान्डु