कालिमाटी तरकारी बजारमा आज : दसैंसँगै महँगियो तरकारीसहित गोलभेडा र रायो सागको मूल्य



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार अधिकाँश तरकारीसहित रायो साग र गोलभेडाको मूल्य निक्कै बढेको छ ।

बजारमा शुक्रबार ठूलो गोलभेडा १४१.२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा १०१.२५ र टनेलको सानो गोलभेडा ११७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रातो आलु ८६.३३, मुढे रातो आलु ८२.८०, प्याज १०७.६०, गाजर १४५.७५, बन्दा ५५.७५, स्थानीय काउली १३५.७५, सेतो मुला ६५.७५, लाम्चो भान्टा ६५, डल्लो भान्टा ६५, तने बोडी १११.२५, मटरकोशा १२५, घिउ सिमी ८४.२५, टाटे सिमी ८५, तिते करेला ७५, लौंका ६५, परवर ८५, चिचिण्डो ५५, घिरौला ७५, पाकेको फर्सी ५५ र डल्ले फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा शुक्रबार कारोबार गरेको छ ।

भिण्डी ८५, वरेला ११०, पिडालु ६५, स्कुस ३५, रायो साग २०३.३३, पालुङगो साग २१०, तोरीको साग ११०, कन्ये च्याउ १७६.६७, डल्ले च्याउ ४७६.६७, राजा च्याउ २९०, ब्रोकाउली ९५, अदुवा १९० र लसुन ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु