दशैं अघिको अन्तिम कारोबारमा सेयर बजार हरियो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । दशैं अघिको अन्तिम कारोबारमा बजार ४.८५ अंकले बढेर परिसूचक २६६८.१७ बिन्दु कायम भएको छ ।

निकै उतार चढाबका बिच बजार अन्तिम १ मिनेटमा ३ अंकले बढेको छ । यो दिन बजार अन्तिम समयमा आएको सुधारले बजारमा बढोत्तरी आएको हो ।

कारोबारमा अधिकांश समूहको उपसूचक बढेको छ भने केही समूहको उपसूचकको घटेको छ । कारोबारमा १३० कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ ।

कारोबारमा युनाइटेड मोदी हाईड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै थ्रिस्टार हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु