बालबालिकालाई क्षति पुर्‍याएको भन्दै अमेरिकामा टिकटकमाथि मुद्दा



एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले अमेरिकामा बालबालिका र युवाहरुमाथि क्षति पुर्‍याएको र उनीहरुको सुरक्षा गर्न असफल भएको भन्दै विभिन्न राज्यमा मुद्दा दायर गरिएको छ ।

न्युयोर्क, क्यालिफोर्नियासहित अरु ११ राज्यमा टिकटकमाथि मुद्दा दायर गरिएको हो । यी मुद्दाहरुसँगै अमेरिकामा जटिल अवस्था भोगिरहेको चिनियाँ कम्पनीले थप कानुनी समस्याको सामना गर्नुपरेको बताइएको छ ।

टिकटकले बालबालिकाहरुलाई सकेसम्म लामो समयसम्म हेराइराख्ने बनाउन जााान लत लाउने किसिमको सफ्टवेयरको प्रयोग गरेको आरोप लगाइएको छ ।

यद्यपि टिकटकले आफूमाथिको आरोपको खण्डन गर्दै टिकटकबारे अधिकांश मानिसहरुले गलत र भ्रम ठान्ने गरेको जनाएको छ । यस्तै टिकटकले मुद्दा लगाउनुको सट्टा यससँग रचनात्मक माधानको उपाय खोज्नुपर्ने पनि बताएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सद्वारा सञ्चालित टिकटक विश्वभर सबैभन्दा धेरैले प्रयोग गर्ने सामाजिक सञ्जाल बनेको छ । पछिल्लो समय अमेरिकामा यसले प्रतिबन्ध लगायत निरन्तर रुपमा कानुनी उल्झनको सामना गर्दै आएको छ ।

यसअघि टिकटकले बालबालिकाको सुरक्षा नगरेको आरोपको खण्डन गर्दैआएको थियो । पछिल्लो समय भने टिकटकले किशोरकिशोरी र अभिभावकहरुको बलियो सुरक्षा प्रत्याभुति गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु