बाढीपहिरोले क्षति पुर्‍याएपछि २ अर्ब ६७ करोड माग दाबी, सवा ७ अर्ब बढीको दाबी पर्न सक्ने



काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर । खोला किनारमा अवस्थित यो बजारका करिब दर्जन घर–पसल बाढीले बगाएपछि हाल बगरमा परिणत भएको छ । तस्बिरः राजकुमार पराजुली/रासस

काठमाडौं । असोज १० र ११ गते आएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५ सय रुपैयाँको ७०९ वटा दाबी परेको छ ।

बाढी पहिरोका कारण ७ अर्ब २८ करोड ८५ लाख १९ हजार १०२ रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान रहेको बिमा प्राधिकरणले जनाएको छ ।

यो रकम बढ्न सक्ने प्राधिकरणले जनाएको छ । १८ वटा कम्पनीमा २ हजार ३३७ वटा दाबी पर्ने सम्भावना रहेको प्राधिकरणको अनुमान छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको पर्न सक्ने देखिएको छ ।

सिद्धार्थले ३१९ वटा माग दाबीको १ अर्ब ८१ करोड ४ लाख १२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ वटा माग दाबीबाट १ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

बढी माग दाबी पर्न सक्ने दोस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीमा २१६ वटा मागदाबीको १ अर्ब १७ करोड ४१ लाख ५५ हजार ३४४ रुपैयाँ रहेको छ । यस्तै शिखर इन्स्योरेन्समा ३२२ वटा मागदाबीको ४६ करोड ५८ लाख ५१ हजार ३१.८३ रुपैयाँ, नेशनल इन्स्योरेन्समा २५ वटा मागदाबीको २३ करोड ६६ लाख १३ हजार ४५५ रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२८ वटा दाबीको १५ करोड २४ लाख ९६ लाख ७७२ रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४८ वटा मागदाबीको २० करोड ६४ लाख ४० हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २९१ वटा दाबीको ६३ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ८८ वटा मागदाबीको २ करोड ८६ लाख रुपैयाँ रहेको छ।

यस्तै स्टार माइक्रो इन्स्योरेन्सको ७ वटा माग दाबीको ६१ लाख ३६ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्सको ४ वटा माग दाबीको ९ लाख २० हजार, नेपाल माइक्रो इन्स्योरेन्सको ३ वटा मागदाबीको ४ लाख रुपैयाँ, प्रोटेक्टिन माइक्रो इन्स्योरेन्सको ३ वटा माग दाबीको १ लाख ३० हजार रुपैयाँको पर्ने अनुमान रहेको छ ।

प्राधिकरणका अनुसार असोज १६ गतेसम्म ९ वटा कम्पनीमा ७०९ वटाबाट २ अर्ब ६७ करोड ७२ लाख ९४ हजार ५ सय रुपैयाँ दाबी परेको हो ।

प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्समा १४७ वटा बाट १ अर्ब ४४ करोड १० लाख ६५ हजार २५२ रुपैयाँ दाबी परेको छ । यस्तै नेको इन्स्योरेन्समा २२३ वटाबाट ८९ करोड ८४ लाख २७ हजार ६७९ रुपैयाँ माग दाबी परेको छ ।

एनएलजी इन्स्योरेन्समा ६० वटा दाबीको १२ करोड ६ लाख २० हजार ५६९ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १२ वटा दाबीको ९ करोड ६० लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबीको ७ करोड ४४ लाख ४० हजार, प्रभु इन्स्योरेन्समा ८३ वटा दाबीको ४ करोड १७ लाख १६ हजार रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ७ वटा दाबीको ३३ लाख ७५ हजार रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोमा ३ वटा दाबीको १ लाख ३० हजार रुपैयाँ माग दाबी रहेको परेको छ ।

देशभर आएको अविरल वर्षाका कारण परेको दाबी भुक्तानीलाई यथाशक्य चाँडो दिन बिमा प्राधिकरणले निर्देशन दिइसकेको छ ।


क्लिकमान्डु