बाढीले बारासहित ८ जिल्लामा ४२ हजार हेक्टर धानबाली डुबानमा



बारा । बारामा ६ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

केन्द्रका प्रमुख राजनारायण साहले डुबानमा कुन–कुन बालीमा के–कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिए । केन्द्रका प्रचार अधिकृत रामजीवन ठाकुरले यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको जानकारी दिए ।

मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका ८ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ ।

सोमध्ये बारामा मात्र कुल ६ हजार चार सय ७२ हेक्टर डुबानमा पर्दा ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए ।


क्लिकमान्डु