दुई महिनामा पौने ३ अर्बको बिमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा पौने ३ अर्बको पोलिसी सरेन्डर भएको छ ।

साउन र भदौ महिनामा २ अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार साउन महिनामा १४ वटा बिमा कम्पनीको १० हजार २९२ वटा बीमालेख सरेन्डर भएका छन् । १० हजार २९२ वटा बीमालेख सरेन्डरबापत १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँको सरेन्डर भएको छ ।

यस्तै भदौ महिनामा ९ हजार ४४९ वटा बीमालेखबाट १ अर्ब २१ करोड २२ लाख २३ हजार रुपैयाँ सरेन्डर भएको छ । संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये भदौमा एलआइसी नेपाल पहिलो स्थानमा रहेको छ ।

एलआइसी नेपालको २५ सय ८ वटा पोलिसीबाट ३५ करोड ८१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सका २ हजार ६८ वटा बीमा पोलिसी बापत ३३ करोड ११ लाख ९२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीको १ हजार १० वटा बीमा पोलिसी वापत १० करोड ५८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।नेशनल लाइफ इन्स्योरेन्सको ५९३ वटा पोलिसीबाट ८ करोड ३४ लाख रुपैयाँ सरेन्डर भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको ८८१ वटा बीमा पोलिसीबाट ७ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । सूर्यज्योति लाइफको ६१६ सय वटा पोलिसीबाट ७ करोड ३८ लाख, हिमालयन लाइफको ५८९ वटा बीमा पोलिसीबाट ५ करोड ७२ लाख, सानिमा रिलायन्स लाइफको २०० वटा पोलिसीबाट ३ करोड २० लाख, मेट लाइफको २९१ वटा बीमा पोलिसीबाट २ करोड ६६ लाख, आइएमई लाइफको १६२ वटा बीमा पोलिसीबाट १ करोड ९८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

प्रभु महालक्ष्मी लाइफको १२९ वटा बीमा पोलिसीबाट १ करोड ६० लाख, सिटिजन लाइफको १९७ वटा बीमा पोलिसीबाट १ करोड २९ लाख, रिलायबल नेपाल लाइफको १४६ वटा बीमा पोलिसीबाट ९४ लाख, सन नेपाल लाइफको ५९ वटा बीमा पोलिसीबाट ५७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

पछिल्लो समय बिमा क्षेत्रमा पोलिसी सरेन्डर निकै बढ्न थालेको छ ।


क्लिकमान्डु