बाढीपहिरोले रोकिएका पर्यटकलाई सहयोग गर्न पर्यटन बोर्डमा २४सै घण्टा ‘क्राइसिस सेल’



काठमाडौं । नेपाल पर्यटन बोर्डले भारी वर्षाका कारण अवरुद्ध भएका पर्यटकलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गरेको छ।

मनसुन घट्न थालेपछि र परिस्थितिमा सुधार हुँदै जाँदा जनजीवन क्रमशः सामान्य बनेको छ । र पर्यटन पुन:सुचारु बन्ने क्रममा छ ।

अधिकांश ठूला सडकहरू अहिले जोडिएका छन् र काठमाडौं आउने र जाने उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्। केही पदयात्रा क्षेत्रहरू अझै पुनर्स्थापित भइरहेका बेला यात्रुहरूलाई उनीहरूको यात्रा जारी राख्न र नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रोत्साहित गरिरहेको नेपाल पर्यटन बोर्डको भनाइ छ ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यस चुनौतीपूर्ण समयमा धैर्यता र समझदारी देखाउने सबै पर्यटकप्रति कृतज्ञता व्यक्त गरे ।

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय यात्रुहरूलाई नेपाल भ्रमण गर्न आमन्त्रित गर्दै पर्यटकीय वातावरण मबजुद रहेको पनि उल्लेख गरे । बोर्डले पर्यटकलाई आइपरेको समस्या समाधानके लाग सहयोग आवश्यक परेमा पर्यटक प्रहरीको हटलाइन ९८५१२८९४४५ र नेपाल पर्यटन बोर्डको क्राइसिस सेल हटलाइन ९८५१२५४६६६ मा सम्पर्क गर्न पनि अग्रह गरेको छ ।


क्लिकमान्डु