बाढी र डुबानले क्षति पुर्‍याएका कारको घरमै पुगेर टाटाले सर्भिसिङ दिने

336
Shares

काठमाडौं । बाढी पहिरो तथा डुवानबाट क्षति पुगेका प्यासेन्जर गाडीहरुका  लागि टाटा मोटर्सले आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ ।

टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यो सुविधा लिन सकिन्छ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन् ।

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ ।

‘यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो,’ सिप्रदी ट्रेडिङले जजारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस सेवाका लागि हटलाइन  टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।’

चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखि आपलकालिन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराए ।