बाढी पहिरो: सिंहदरबारमा सर्वदलीय बैठक सुरु



काठमाडौं । बाढी र पहिरोले पारेको असरका विषयमा छलफल गर्न स‍र्वदलिय बैठक सुरु भएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधीसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिका रहेकाले कार्यवाहक प्रधानमन्त्री सिंहले सर्वदलिय बैठक बोलाएका हुन् ।

सर्वदलिय बैठकका बाढी र पहिलोबाट भएको क्षति तथा सरकारले दिने राहत प्याकेजका विषयमा छलफल हुनेछ ।


क्लिकमान्डु