बाढीले १६ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍यायो, कुन कुनमा भयो क्षति ?



काठमाडौ । दुईदिन देखिको अबिरल वर्षाका कारण निजी क्षेत्रका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनामा क्षति पुगेको छ । मकवानपुरमा रहेको यो जलविद्युत आयोजनाको पावर हाउस पूणर्रुपमा डुबेको  छ ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ । पाँचथरमा रहेको यो जलविद्युत आयोजनामा गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । यो पटक पावर हाउस डुबानमा परेको  छ ।

पाँचथर पावरद्वारा प्रवर्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो ।

 साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ ।

 फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ ।  सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।

सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ ।  इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट) को  पहुँचमार्गमा ठूलो क्षति पुगेको छ ।  माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट)को क्याम्प हाउस र  पहुँचमार्गमा क्षति पुगेको छ । आयोजनाको ३ वटा कन्टेनर बगाएको छ ।

हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ । प्रसारणलाइनको टावर ढलेको छ ।  पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ ।

सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) पहुँचमार्ग,पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ ।

सभाखोला सी जलविद्युत आयोजना (६.३ मेगावाट) को  पहुँचमार्गमा क्षति पुगेको छ ।  लान्द्रुक मोदी जलविद्युत आयोजना (८६.५९ मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ ।

सुपर त्रिशूली जलविद्युत आयोजना ( १०० मेगावाट) को २ वटा स्काभेटर,२ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ ।  बेलीब्रिज बगाएको छ ।


क्लिकमान्डु