मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने



काठमाडौं । प्रतिकुल मौसमका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ ।

विगत केही दिन यता नेपालभरका विभिन्न ठाउँमा भइरहेको अविरल वर्षाका कारण आन्तरिक उडान हुन सकेको थिएन् । आन्तरिक उडान हुन नसक्दा अन्तर्राष्ट्रयि उडान तय गरेका कतिपय यात्रुहरुले पनि उडान छुटाउन पुगेका थिए ।

देशैभर भएको वर्षाका कारण अन्तर्राष्ट्रिय उडान छुटाएका यात्रुहरुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको हो । पुरानै टिकटको शुल्कमा यात्रुहरुले नयाँ मितिमा यात्रा गर्न पाउने बताइएको छ ।


क्लिकमान्डु