इजरायली आक्रमणबाट हिजबुल्लाह प्रमुख नसरल्लाह मारिए



एजेन्सी । इजरायली हवाई आक्रमणमा परी हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिएका छन् । शुक्रबार साँझ बेरुतमा इजरायलले तीब्र रुपमा हवाई आक्रमण गर्दा नसरल्लाह मारएका हुन् ।

लेबनानमा रहेको हिजबु्ल्लाहको समूहले उनको मृत्यु पु्ष्टि गरेको छ । नसरल्लाह २००६ मा इजरायलसँग यद्ध भएयता लेबनानमा लोकप्रियताको उच्च स्थानमा थिए । पछिल्लो समय उनी लेबनान बाहिर पनि लोकप्रिय नेताको रुपमा चिनिन्थे ।

नसरल्लाह १९८२ मा हेजबुल्लाहमा आबद्ध भएका थिए । १९९२ मा मुसावीको हत्यापछि उनी हेजबुल्लाह प्रमुख बनेका हुन् । नसरल्लाहको मृत्युपछि पनि इजरायलले दक्षिण बेरुतमा आक्रमण जारी राखेको छ ।

यसैबीच इजरायली आक्रमणमा परी शनिबार ६ जना मारिनुकासाथै ९१ जना घाइते भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।


क्लिकमान्डु