२ वर्ष नपुग्दै ३००० युनिट एट्टो थ्री बिक्री, बिवाईडीले भन्यो- नेपाल मुख्य बजार



काठमाडौं । बिवाईडीले नेपालमा २ वर्षभन्दा कम समयमै ३००० युनिटभन्दा बढी एट्टो थ्री बिक्री गरेको छ । एट्टो थ्री नेपालमा अत्याधिक मन पराइएको एसयुभी कार हो । नेपालमा सन् २०२२ अक्टोबरमा नेपालमा बिवाईडी एट्टो थ्री लन्च भएको थियो । लन्च गर्दा एट्टो थ्री १५० किलोवाटको मोटर थियो ।

हालसालै कम्पनीले नयाँ भर्सन एट्टो थ्री नेपाली बजारमा ल्याएको छ । यो अझ उत्कृष्ट भएको कम्पनीको दाबी छ ।

बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपालमा आयात गरेर बिक्री गरिरहेको छ । सन् २०२४ ल्याएको नयाँ भर्सनमा १०० किलोवाटको मोटर छ ।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ ।

हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको जनाइएको छ । यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ भने यसले गर्दा आधुनिकता प्रदान गरेको छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको कम्पनीको भनाइ छ ।

बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार रुपमा नेतृत्व प्रदान गरिरहेको छ । बीवाईडी एट्टो ३ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्ड समेत स्थापित गरेको छ ।


क्लिकमान्डु