आन्तरिक उडान प्रभावित, अधिकांश विमानस्थल बन्द हुँदा काठमाडौंमा यात्रुको थेगिनसक्नुको चाप



काठमाडाै‌ । खराब मौसम तथा कम भिजिविलिटीका कारण आज शुक्रबारका उडानहरु प्रभावित भएका छन् ।

पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु छन् भने अन्य गन्तव्यहरुमा उडान हुन सकेको छैन । शुक्रबारको माउण्टेन फ्लाईटहरु सबै रद्द भएका छन् ।

पानी परेर कम भिजिबिलीटी भएका कारण भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलको छैन । ती विमानस्थल नखुलेका कारण काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार आजको माउन्टेन फ्लाइट ठप्प भएको छ । मौसममा सुधार आएपछि उडान हुने भएपनि अहिले माउन्टेन फ्लाइटबाहेकका सबै उडान ढिलो भएको पनि विमानस्थल कार्यालयको भनाइ छ ।

हाल काठमाडौंबाट यती, बुद्ध र सिम्रिकले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्छन भने तारा र समिटले दुर्गम क्षेत्रमा उडाने गर्ने गरेका छन् ।


क्लिकमान्डु