नेपाली बजारमा दायुन युइहु



काठमाडौं । नाडा अटो शो २०८१ मा सीजी मोटर्सले विभिन्न ८ वटा ब्राण्डहरु प्रदर्शनमा राखे पनि नाडा अटो शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ ।

चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चिनियाँ बजारको सफलतापछि सीजी मोटर्सले दायुन युइहु सब-कम्प्याक्ट एसयुभी नेपाली बजारमा बिक्री वितरण सुरु गर्न लागेको हो ।

नेपाली बजारकै मोष्ट अफरडेवल सब-कम्प्याक्ट एसयुभी, दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले जनाएको छ। दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्स बताएको छ ।

दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ । जसले १२५ एनएमको टर्क जेनेरेट गर्छ भने यसमा ३०.६६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्नुका साथै २०% बाट ८०% चार्ज गर्न डिसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम लाग्ने कम्पनीको दाबी रहेको छ ।

दायुन युइहु सब-कम्प्याक्ट एसयुभी उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ भने फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने कम्पनीले जनाएको छ।

इन्डिपेन्डेन्ट सस्पेन्सन समावेश गरिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको बताइएको छ। ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, एबीएस, इबीडी, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको कम्पनीले बताएको छ ।


क्लिकमान्डु