दुर्गा प्रसाईं वीर अस्पताल भर्ना



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना भएका छन् ।

आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको हो ।

उच्च रक्तचापको समस्यापछि उनलाई अस्पताल लगिएको जनाएको छ ।

प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान प्रहरीलाई अनुमति दिएको छ ।


क्लिकमान्डु