कार्यकर्तालाई रविको आग्रह: मलाई सरकारको विश्वास छैन, पक्रन सक्छ, एलर्ट रहनु (भिडियो)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्यको पक्षमा आफू जहाँ पनि जान तयार रहेको भन्दै आफूलाई पक्राउ गरेर लजान चुनौती दिएका छन् ।

आइतबार राति पार्टी कार्यालयमा शुभेक्षुक शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले एउटा मान्छेलाई जसरी पनि घेराबन्दीमा पार्न खोजिएको भन्दै आफू अभिमन्यू नभएको र चक्रब्युहबाट निस्कन सक्ने बताए ।

नयाँ आएका दललाई भाग खान आएको भन्दै कटाक्ष गर्ने र गलत काम गर्ने काम पुराना राजनीतिक दलले आग्रह गरेका छन् ।

सरकारले आफूलाई पक्राउ गर्न लागेको बारे जानकारी नभएको भए पनि विश्वास भने नभएको बताए । उनले झुक्याएर केही काम नगर्न आग्रह गरे ।

‘जहाँ सुकै लैजानुस् तयार छु । तर झुक्याएर होइन,’ उनले भने,’ मलाई यो दुई तिहाइको सरकारको विश्वास छैन, चनाखो रहनु होला, तयार रहनु होला ।’

उनले रास्वपाका कार्यकर्तालाई अलर्टमा रहन र चनाखो बस्न आग्रह गरे ।

नयाँ आउँदै गरेको दलसँग वर्तमान सरकार डराएको नसुहाएको उनले बताए ।

‘सरकार अधिनायकवादतिर जाँदै छ कि भन्ने संकेत छ,’ उनले भने, ‘ हिजो पनि अन्याको शिकार भएको हुँ र आज पनि निरन्तरको घेराबन्दीमा छु ।’

कानुनी नैतिक र राजनीतिक रुपमा जुनसुकै ठाउँमा पनि सत्यको लागि लड्न तयार रहेको भन्दै लामिछानेले भने, ‘षड्यन्त्र गरेर समात्ने होइन, जसलाई राजनीति जोगाउन मन छ उसले चुनावमा लड्नु ।’

उनले रवि लामिछानेलाई जोगाउनु नपर्ने भन्दै देशमा नयाँ आशा र भरोसालाई जोगाउन लाग्न आग्रह गरे ।
सहकारी छानबिन समितिको प्रतिवेदनले सहकारी घोटालामा आफ्नो संलग्नता नरहेको प्रमाणित गरिसकेको उनको दाबी छ ।


क्लिकमान्डु