गोरखा मिडियाको कारोबारमा रवि लामिछाने नै जिम्मेवार: प्रतिवदेन



काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि गठित सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले नै गोरखा मिडियामा कारोबार गर्ने गरेको उल्लेख गरेको छ ।

समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । जसमा लामिछानेले हस्ताक्षर गरेका चेकहरु प्राप्त भएको उल्लेख गरेको जनाएको छ ।

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएको भए पनि प्रमाणहरुमा भने त्यस्तो नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवि लामिछानेलदे नै कारोबार गर्ने गरेको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।

समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ ।


क्लिकमान्डु