एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरिएको छैन
काठमाडौं । एनसेलले कुनै पनि इन्टरनेट कम्पनी खरिद नगरेको जानकारी दिएको छ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै मिडियाले समाचार प्रकासन गरेपछि एनसेलले ती समाचार अपरिपक्व र अनुमानमा आधारित आएको समेत दावी गरेको छ ।
एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा भने कम्पनी प्रतिबद्ध रहेको बताएको छ ।
नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको पनि उल्लेख गरेको छ ।
एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पु¥याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा विश्वस्त रहेको पनि उल्लेख गरेको छ ।
एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिदै आएको छ । विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरु प्रदान गर्दै जाने पनि एनसेलले बताएको छ।
एनसेलले गर्ने निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले एनसेलसँग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन पनि एनसेलले सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।