आईफोनको आईओएस १८ सार्वजनिक, के छन् सुविधा ? कुन मोडेलमा कसरी इन्स्टल गर्ने ?



एजेन्सी । आईफोन १६ को सिरिज सार्वजनिक भएसँगै एप्पल कम्पनीले नयाँ अपरेटिङ सिस्टम आईओएस १८ ​सार्वजनिक गरेको छ । सोमबार एप्पलले आधिकारिक रूपमा आईओएस १८ को पूर्ण भर्सन सार्वजनिक गरेको हो ।

यससँगै अब विश्वभर आईफोन प्रयोगकर्ताले एआईसहित विभिन्न फिचरहरु प्रयोग गर्न पाउनेछन् । तर यी सबै फिचरहरु आईफोनका सबै मोडेलमा उपलब्‍ध हुँदैन । कतिपय विशेष फिचर भने आईफोन १५ प्रो र १६ को नयाँ सिरिजहरुमा मात्रै उपलब्ध हुने एप्पलले जनाएको छ ।

आईओएस १८ कसरी इन्स्टल गर्ने ? यसका मुख्य फिचरहरु कस्ता छन् ?

आईओएस १८ इन्स्टल गर्न सुरुमा सेटिङमा गएर जेनेरल अप्सन छनोट ग्नुपर्ने हुन्छ । त्यसपछि सफ्टवेयर अपडेटको अप्सनमा गएर इन्स्टल गर्नुपर्छ ।

आईओएस १८ सँगै प्रयोगकर्ताले डिभाइसलाई आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्छन् । र नयाँ तरिकाले होमस्क्रिनमा एप र विजेट्स राख्न सकिन्छ । यसमा फरक फरक एप आइकन पनि छान्न सकिन्छ ।

यसैगरी कम्पनीले फोटो एपमा पनि अपडेट उपलब्ध गराएको छ । जहाँ प्रयोगकर्ताले सजिलै फोटो फेला पार्न सक्छन् । नयाँ अपडेटले आईमेसेजलाई पनि स्तरीय बनाएको छ । जहाँबाट नयाँ टेक्स्ट इफेक्टसहित विभिन्न स्टइलका टेक्स्ट पठाउन सकिन्छ । तर नेटवर्क नभएको अवस्थामा आईमेसेजबाट एसओएस मेसेज पठउन र पाउन सकिन्छ ।

एप्पलले आईओएस १८ सँगै कल रेकर्डिङ फिचरको सुविधा पनि दिएको छ । तर रेकर्ड गर्दा त्यसको जानकारी अर्को व्यक्तिले पनि थाहा पाउन सक्छ । साथै कलमा भएको कुराकानी फोनले तत्कालै शब्दमा उतारिदिने सुविधा पनि थपिएको छ । र यसरी अडियोलाई कन्भर्ट गरिएको टेक्स्ट नोट एपमा भण्डारण हुनेछ ।

यसवाहेक इमेल एपमा पनि कम्पनीले नयाँ फिचरहरु थपेको उल्लेख गरेको छ। जहाँ इनबक्समा आएका मेलहरु विभिन्न क्याटगोरीमा राखिएको हुन्छ । साथै सफारी एपलाई सर्वाधिक छिटो ब्राउजरको रुपमा स्तरीय बनाउन एआई फिचरको सुविधा पनि दिइएको छ ।

यसका साथै आईओएस १८ सपोर्ट गर्ने डिभाइसमा रहेको पासवर्ड एपले प्रयोगकर्ताको पासवर्ड, पासकोड र भेरिफिकेसन कोड एकै ठाउँमा सुरक्षित रुपमा राखिदिनेछ । एप्पलका अनुसार एप्पल इन्टेलिजेन्सका फिचरहरू आगामी महिनादेखि मात्रै उपलब्ध हुनेछन् । एप्पल इन्टेलिजेन्सबाट लेख्न, प्रुफरिडिङ गर्न र सारांश तयार गरन पनि सकिने बताइएको छ । आईओएस १८ अपडेटमा एसओएस लाइभ भिडिओको पनि सुविधा उपलब्ध गराएको जनाएको छ । यसले टेक्स्ट पठाउन नसक्दा सिधै लाइभ भिडिओ पठाउन सकिन्छ ।

आईओएस १८ अपडेट सपोर्ट गर्ने मोडेलहरु :

आईफोन एसई (सेकेन्ड जेनेरेसन)

आईफोन एसई (थर्ड जेनेरेसन)

आईफोन एक्सआर

आईफोन एक्सएस

आईफोन एक्सएस म्याक्स

आईफोन ११

आईफोन ११ प्रो

आईफोन ११ प्रो म्याक्स

आईफोन १२

आईफोन १२ मिनी

आईफोन १२ प्रो

आईफोन १२ प्रो म्याक्स

आईफोन १३

आईफोन १३ मिनी

आईफोन १३ प्रो

आईफोन १३ प्रो म्याक्स

आईफोन १४

आईफोन १४ प्लस

आईफोन १४ प्रो

आईफोन १४ प्रो म्याक्स

आईफोन १५

आईफोन १५ प्लस

आईफोन १५ प्रो

आईफोन १५ प्रो म्याक्स

आईफोन १६

आईफोन १६ प्लस

आईफोन १६ प्रो

आईफोन १६ प्रो म्याक्स


क्लिकमान्डु