दिल्लीको नयाँ मुख्यमन्त्रीमा आतिशी
एजेन्सी । भारतको राजधानी नयाँदिल्लीको मुख्यमन्त्री आम आदमी पार्टीकी आतिशी मर्लेना बन्ने भएकी छन् ।
अरविन्द केजरीवालले राजीनामा दिएपछि आम आदमीले आतिशीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । मंगलबार आम आदमीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला सरकारको मुख्य जिम्मेवारी सम्हाल्दै आएकी आतिशीलाई पार्टीले अब बन्ने सरकारको मुख्यमन्त्री बनाउन लागिएको बताइएको छ । उनलाई केजरीवालको विश्वासपात्रको रुपमा पनि हेरिन्छ । केजरीवालले भने मंगलबार नै राजीनामा बुझाउँदै छन् ।
अरविन्द केजरीवाल सेप्टेम्बर १३ मा सर्वोच्च अदालतको आदेशपछि रिहा भए पनि आरोपबाट मुक्त भएपछि मात्रै राजनीतिमा आउने भन्दै उनले राजीनामा घोषणा गरेका छन् ।