सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । जसमा १८.३८११ प्रतिशत बोनस सेयर रहेको छ ।

कम्पनीको यो प्रस्ताव बिमा प्राधिकरण अनुमति दिएर कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु