अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रमको फेरि हत्या प्रयास



एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुन: हत्या प्रयास भएको छ ।

फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् । गल्फ कोर्सको झाडीमा लुकेर गोली हान्न लागेका व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले देखेर ती व्यक्ति माथि नै गोली हानिएको अधिकारहरुले बताएका छन्।

गोली हान्ने प्रयास भइरहेका बेला ट्रम्प घटनास्थलबाट २ सय ७५ देखि ४ सय ५५ मिटर टाढा रहेको एफबिआईले जनाएको छ । घटनास्थलबाट एके४७ बन्दुक, दुई वटा झोला र गोप्रो क्यामेरा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

झाडीबाट बन्दुकको नल देखिएपछि गुप्तचरले गोली चलाएका थिए । त्यसपछि सन्दिग्ध व्यक्त कालो गाडीमा त्यहाँबाट भागेका थिए । पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि पनि ट्रम्पमाथि गोली चलेको थियो । चुनावी प्रचार सभाका क्रममा पेन्सलभेनिया राज्यमा ट्रम्प माथि गोली प्रहार गरिएको थियो ।

यस घटनापछि ट्रंपले आफ्ना समर्थहरुलाई लेखेको इमेलमा आफू सुरक्षित रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो रफ्तारलाई कसैले रोक्न सक्दैन । म कहिल्यै हार मान्दिन ।’

गोली चलाउन खोज्नेलाई नियन्त्रणमा लिइएको भए पनि उनले घटनाबारे केही नबताएको समाचारमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु