दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश



एजेन्स । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई भारतको सर्वोच्च अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । दिल्ली मदिरा भ्रष्टचार मुद्दामा उनलाई भारतको आम चुनावअघि नै सीबीआईले पक्राउ गरेको थियो ।

तर उनको गिरफ्तारीविरुद्ध चौतर्फी विरोध भएको थियो भने केजरीवालले आफ्नै गिरफ्तरीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

केजीवालले मदिरा बिक्री सम्बन्धी नीतिमा अनियमितता गरेको भन्दै उनीमाथि मुद्दा परेको थियो । जवकि अधिकांश दल, नेताहरु र स्वतन्त्र व्यक्तिहरुले केजरीवालमाथि नरेन्द्र मोदीको सरकारले पूर्वाग्रह राखेर मुद्दा चलाएको भन्दै आलोचना गर्दै आएका छन् ।

शुक्रबार सर्वोच्च अदालतको फैसलापछि १० लाख धरौटीमा उनी रिहा हुन लागेका हुन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सूर्यकान्त र उज्जव भुइयाँको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । मुद्दको सुनुवाइ सेप्टेम्बर ५ मा नै सकिए पनि अदालतले फैसला सुरक्षित राखेको थियो ।

तर सर्वोच्च अदालतले शुक्रबार भने पूर्ण सुनुवाइ नसकिएको भन्दै केजरीवाललाई धरौटीमा रिहा गरिएको अदालतले उल्लेख गरेको छ । सोही अनुरुप उनी शुक्रबार रातिसम्म रिहा भइसक्ने बताइएको छ ।


क्लिकमान्डु