विश्वकै उत्कृष्ट एडीएएस प्रविधिसहितको एक्स पेङ जी६ अब नेपालमा



काठमाडौं । सीजी मोटर्सले सफलतापूर्वक चिनियाँ अटोमोबाइल एक्स पेङ लञ्च गरेको छ। एक्स पेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको छ । जसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्स पेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र सेपा २.० प्रविधिहरू ल्याएको छ । एक्स पेङ जी६ मा ४४० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किमी रेन्ज जस्ता फिचर छन्।

साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट छ भने यसमा एलुमिनियम डाइ-कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०-५० लोड अनुपात रहेको छ। थप सुविधाहरूमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान छ । जसले जी६ लाई विशिष्ट बनाउँछ ।

आगन्तुकहरूले यस साधनको आकर्षक डिजाइनलाई पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। जेनेसिस, लेमबोर्घिनी, फेरारी, औडी र सिटका लागि कार डिजाइनको २४ वर्षको अनुभव छ । यस्तै जुआनमा लोपेज प्रमुख डिजाइनर रहेको एक्सपेङमा प्रयोगकर्ताले नयाँ अनुभव पाउने बताइएको छ ।

अब नेपाली ग्राहकहरुले पनि यसको नयाँ प्रविधि नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन् । बुकिङ र टेस्ट राइडको लागि ग्राहकले थापाथली शोरूममा सहजै सम्पर्क गर्न सक्ने पनि बताइएको छ ।


क्लिकमान्डु