किन चीन गए माओवादी नेता वर्षमान पुन ?



काठमाडौं । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन प्रस्थान गरेका छन् ।

उनी आइतबार मध्याह्न १२ बजे चीन प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ । स्वास्थ्य जाँच गरेर उनी तीन/चारदिनमा फर्किने सचिवालयले जनाएको छ ।

पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । नेपालमा उपचार नभएपछि पुन तीन वर्षअघि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल पुगेका थिए ।

त्यहाँबाट थप उपचारका लागि पुनलाई चीन लगिएको थियो । लामो समयको उपचारपछि उनी स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किएका थिए । उनी नियमित चेक जाँचका लागि बेला बेला चीन जाने गरेका छन् ।


क्लिकमान्डु