भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको तयारी सुरु गरिसके: आरजु



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरु गरिसकेको जानकारी दिएकी छन् ।

हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएकी परराष्ट्रमन्त्री देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र दिएको र त्यसलगत्तै मोदीले तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताइन् ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको जाकारी दिइन् ।

परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन् ।

परराष्ट्रमन्त्री देउवाले आफूले भ्रमणको क्रममा त्यहाँका समकक्षी एस जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको बताइन् ।


क्लिकमान्डु