
काठमाडौं । सन् २०२४ मा नेपाल आउने पर्यटकहरुमध्ये ७३ हजार ८१ पर्यटक स्थलमार्गबाट मात्रै भित्रिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०१४ को पहिलो ८ महिनाको तथ्यांक अनुसार स्थलमार्गबाट आउने सबैभन्दा पर्यटक मार्चमा आएका छन् ।
उक्त महिना नेपाल आउने पर्यटकमा स्थालमार्ग हुँदै १९ हजार ११९ रहेको छ । त्यस अघि फेब्रुअरीमा १५ हजार पर्यटक आएका थिए भने जनावरीमा १० हजार ८५२ पर्यटक स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको पनि तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार अप्रिलमा ५ हजार ९९२, मेमा ३ हजार ५५४, जनुमा ३ हजार ५३५, जुलाइमा ८ हजार ७५१ पर्यटक आएका छन्।
पर्यटन मन्त्रालयले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार सन् २०२४ को ८ महिनामा नेपालमा ७ लाख २२ हजार ७० जना विदेशी पर्यटक आएका छन् । यी पर्यटक हवाई र स्थलमार्गबाट आएकाको कुल योग भएको पनि उल्लेख छ ।

प्रतिक्रिया