भालुको आक्रमणबाट पाँच भेडा मरे



जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन् ।

भेडापालक किसान गोबी कार्कीका अनुसार पाटनमा दिन भर चराएर ल्याएका भेडा भेडी खर्कमा बास बसाल्ने समयमा भालु पसेर आक्रमण गरी मारेको हो ।

भालुको आक्रमणबाट आकाशी कार्कीका दुई वटा, गोबी कार्कीका तीन वटा भेडा मरेको भेडापालक किसान कार्कीले जानकारी दिए ।


क्लिकमान्डु