यी हुन् पैसाको बलमा टिकट पाउने उमेद्वार




काठमाडौँ । विगतमा अत्याधिक रकम खर्च गरेपनि निर्वाचन जित्न नसकेका केही नेता यस पटकको निर्वाचनमा समेत उम्मेदवार भएका छन् । त्यसको पछाडि वैदेशिक रोजगार, घरजग्गा कारोबार र गुण्डागर्दीलगायतका गतिविधि पनि संलग्न रहेको देखिन्छ ।

वैदेशिक रोजगारी, घर जग्गा कारोबारमा संलग्न त्यस्ता व्यक्तिले पटक पटक चुनावमा टिकट पाएका छन् ।

उनीहरुको ध्यान चुनाव जित्ने र व्यावसायलाई बढोत्तरी गर्ने कार्यमा संलग्न रहने गरेको चर्चा पनि हुने गरेको छ ।

नेकपा(एमाले)का बाट संविधानसभाको दोस्रो निर्वाचनमा टिकट पाएका वैदेशिक रोजगार एवम् घर जग्गा कारोबार गर्नेले यस पटक पनि टिकट पाएका छन् ।

राजनीतिक पहुँच र पैसाको प्रभावमा टिकट पाउने धेरै उम्मेदवार मध्ये एक हुन् एलपी सावाँ ।

उनको काम भने वैदेशिक रोजगार र घरजग्गा कारोबार हो । वैदेशिक रोजगार व्यवसायी महासंघको पूर्व अध्यक्ष साँवालाई एमालले टिकट दिएको छ । झापा क्षेत्र नं ४ बाट टिकट पाएका साँवाले संविधानसभाको दोस्रो निर्वाचनमा एमाले नेताहरुकाअनुसार ७ करोड बढी खर्च गरेका थिए ।

मोटो रकम खर्च गरेपनि उनले त्यतिबेला चुनाव जितेनन् बरु नेपाली काँग्रेसका रविन कोइरालाले जित निकाले ।

यस्तै यस पटकको निर्वाचनमा अर्का त्यस्तै उम्मेदवार छन् राजिव गुरुङ भनिने दीपक मनाङ्गे । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएपनि एमालले आधिकारिक उम्मेदवारलाई फिर्ता बोलाएर मनाङ्गेलाई सर्मथन गरेको छ ।

विगतको पृष्ठभूमि उनको राम्रो छैन, तर मनाङबाट चुनाव जित्छन् वा जित्दैनन् त्यो भने मंसिर १० पछि थाहा होला ।

यस मामलामा काँग्रेस पनि कम छैन । उसले डनको रुपमा परिचति गणेश लामालाई काभ्रेपलान्चोक क्षेत्र नं १ को क बाट प्रदेशसभाको उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयनको दिन लामाले काठमाडौंबाट मात्रै ५०० मोटरसाइलक लगेका थिए ।

यस्तै घर जग्गा कारोबारमा संलग्न बद्री मैनालीले पनि नुवाकोटबाट टिकट पाएका छन् । नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा एमालेले मैनालीलाई उम्मेदवार बनाएको छ । राजेन्द्र लोहनी पूराना एमाले नेता हुन् । उनलाई पछाडि धकेलेर मैनालीलाई टिकट दिइएकोमा एमालेका स्थानीय कार्यकर्ता असन्तुस्ट छन् ।

०६७ मा मात्र एमालेको संगठित सदस्यता लिएका मैनालीको व्यवसाय र जग्गा कारोबार हो ।

पञ्चायतकालका हस्ती मानिएका डा प्रकाशचन्द्र लोहनीलाई पराजित गर्ने राजेन्द्र लोहनीले टिकट नपाउनु र मैनालीले टिकट पाउनुको पछाडिको कारण बुझ्न सहज छ व्यावसायीक प्रभूत्व ।


क्लिकमान्डु