अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार आवश्यकः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको बताएका छन् ।

नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा अध्यक्ष ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले सघाउने बताए ।

महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक भएको बताए । निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकामा यसलाई सकारात्मक रुपमा लिन मुख्यसचिव अर्याल समक्ष आग्रह गरे । सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु आवश्यक रहेको बताए ।

निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बनेको तर्फ अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न आग्रह गरे ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आपूmले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानुन निर्माण गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे ।


क्लिकमान्डु