वन मन्त्रालय भाग परेपछि रिसाए मनाङे, राजीनामाको चेतावनी



पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री दीपक मनाङेले मन्त्रालय भागबन्डामा असन्तुष्ट भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट मनाङेले राजीनामा दिने चेतावनी दिएका छन् ।

गण्डकीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर मुख्यमन्त्री जोगाइदिएका फणीन्द्र देवकोटा र मनाङेलाई मन्त्रीमा यथावत् गरिएको थियो तर एमाले सरकारमा सहभागी भएसँगै मनाङेको मन्त्रालयको सारिएको हो ।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङे रिसाएका हुन् । उनी मन्त्रालयबारे छलफल गर्न मुख्यमन्त्री कार्यालयतर्फ लागेका छन्।


क्लिकमान्डु