निर्जीबन बिमा कम्पनीले एकै महिनामा आर्जन गरे सवा ४ अर्ब बिमाशुल्क, कुन कम्पनीको कति ?



काठमाडौं । निर्जीबन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्ब २६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

१४ वटा कम्पनीले २ लाख २१ हजार ७१ वटा बिमालेख जारी गरेर ४ अर्ब २६ करोड रुपैयाा बिमा शुल्क आर्जन गरेका हुन् ।

साउनमा सबैभन्दा बढी बिमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले २४ हजार २३ वटा बिमालेख जारी गरेर ६३ करोड १५ लाख १५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

यस्तै दोस्रो स्थानमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले २५ हजार ११ वटा बिमालेख जारी गरेर ४५ करोड ३२ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

शिखर इन्स्योरेन्स भने तेस्रो स्थानमा रहेको छ । कम्पनीले २६ हजार १०९ वटा बिमालेख जारी गरेर ३६ करोड ८८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको बिमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले १४ हजार ५८० वटा बिमालेख जारी गरेर २८ करोड ८६ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ३ हजार ९०९ वटा बिमालेख जारी गरेर २९ करोड १० लाख, राष्ट्रिय बिमा कम्पनीले १७ हजार २२९ वटा बिमालेख जारी गरेर २५ करोड ४६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

नेशनल इन्स्योरेन्सले २ हजार ८२१ वटा बिमालेख जारी गरेर २२ करोड ७६ लाख, नेको इन्स्योरेन्सले २१ हजार ७०७ वटा बिमालेख जारी गरेर ३१ करोड ८८ लाख, प्रभु इन्स्योरेन्सले १० हजार ५४८ वटा बिमालेख जारी गरेर १० करोड ५४ लाख, एनएलजी इन्स्योरेन्सले १६ हजार २२२ वटा बिमालेख जारी गरेर २४ करोड ९८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

हिमालयन एभरेष्टले १८ हजार ७०७ वटा बिमालेख जारी गरेर ३२ करोड ६० लाख, सानिमा जीआईसीले ९ हजार ८९५ वटा बिमालेख जारी गरेर १८ करोड ३९ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १६ हजार ४८५ वटा बिमालेख जारी गरेर ३० करोड ६२ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले १३ हजार ८२५ वटा बिमालेख जारी गरेर २५ करोड ४१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।


क्लिकमान्डु