समस्या परेका सबै पर्यटनका नीति संशोधन गर्छौं: पर्यटनमन्त्री



काठमाडौं । समस्या परेका सबै पर्यटनका नीति संशोधन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औं वार्षिकोत्साव सामारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पर्यटनसँग असहज भएका सबै ऐन, कानून, नीति नियम संशोधन गरिने बताए । यसका लागि पर्यटन मन्त्रालयले आवश्य कार्य प्रक्रिया अगाडि बढाइसकेको छ ।

उनले भने ‘पर्यटन व्यवसायीले समस्या भएका नीति नियम औंल्याउने र संशोधनको माग गर्न पनि आग्रह गरे ।’ व्यवसायीले औल्याएका कमी कमजोरीलाई सच्चाएर व्यवसायमैत्री कामन बनाइने पनि उनले बताए ।

पर्यटनकै माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउने पनि उनले बताए ।

टानको ४६ वार्षिकोत्सवसँगै सोमबार आगामी २ वर्षको लागि नयाँ कार्यसमितिसमेत चयन हुँदै छ । पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले समूह बनाएर नै चुनावी प्रतिस्पर्धा गर्दै छ । टानको नयाँ नेतृत्वको लागि चुनाव हुँदै छ ।


क्लिकमान्डु