एनआईसी एशियाले खोल्यो थप २ नयाँ शाखा
काठमाडौं । एनआईसी एशिया बैंकले झापाको गौरादह र सुनसरीको तरहरामा आजबाट थप दुई नयाँ शाखा खोलेको छ । तररत शाखाको उद्घाटन ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधारी र गौरादह ब्रान्चको उद्घाटन गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले गरेका हुन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । उल्लेखित २ शाखाको सुरुवातसँगै हाल बैंकको १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा प्रदानगर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।