काठमाडौंका ११२६ वटा सहकारीले बालेनलाई टेरेनन्, कारबाही गर्ने तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले अद्यावधिक भएका र नभएका संस्थाहरुको सू्ची सार्वजनिक गरेको छ ।

विभागले गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका र बाँकी रहेका संस्थाहरुको विवरण सार्वजनिक गरेको जनाएको छ ।

महानगरपालिका कार्यक्षेत्र भएका सहकारी मध्ये अधिकांश सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।

महानगरपालिकामा कार्यक्षेत्र भएका सहकारी मध्ये ८१२ वटाले विवरण अध्यावधिक गरेका छन् भने ११२६ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।

महानगरपालिका अन्तर्गत बचत तथा ऋण सहकारी संख्या १५९५ वटा सहकारी संस्था आबद्ध रहेका छन् । जसमा ६५३ वटा संस्थाले विवरण अध्यावधिक गरेका छन् भने ९४२ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् । महानगर कार्यक्षेत्र भएका सहकारी ९४२ वटा सहकारीले कानून मानेका छैनन् ।

यस्तै महानगरभित्र कार्यक्षेत्र भएका २९८ वटा बहुउद्देश्यीय सहकारी रहेका छन् । जसमा १४४ वटा सहकारीले विवरण अध्यावधिक गरेका भने १५४ वटा सहकारीले विवरण अध्यावधिक गरेका छैनन् ।

महानगर कार्यक्षेत्र भएका १४ वटा कृषि सहकारीमा १० वटाले विवरण अध्यावधिक गरेका छैनन् भने ४ वटाले गरेका छन् । यस्तै उपभोक्ता सहकारीको संख्या १४ रहेको छ । जसमा १० वटाले विवरण अध्यावधिक गरेका छैनन् भने ४ वटाले गरेका छन् ।

स्वास्थ्य सहकारीमा ५ वटा रहेका छन् । जसमा ३ वटाले विवरण अध्यावधिक गरेका छन् भने २ वटाले छैन् । सिपमुलक सहकारीको संख्या ३ वटा रहेको छ भने २ वटाले विवरण अध्यावधिक गरेका छैनन् १ वटाले बाँकी छ ।

यस्तै पर्यटन सहकारीको संख्या १ रहेको छ । त्यसले पनि विवरण अध्यावधिक गरेको छैन । महानगरका अनुसार श्रमिक सहकारी ३ वटा रहेका छन् । जसमा २ वटाले विवरण अध्यावधिक गर्न बाँकी छ ।

शिक्षातर्फ २ वटा सहकारी रहेका छन् । दुई वटाले नै विवरण अध्यावधिक गरेका छैनन् । चिया, साझा र सञ्चार तर्फ क्रमशः १/१ वटा सहकारी रहेका छन् । यी तीन वटाले नै विवरण अध्यावधिक गरेका छैनन् । विवरण अध्यावधिक नगर्ने सहकारीलाई महानगरले कारबाही गर्ने भएको छ।

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ८१ उपदफा २ को १ मा भएको व्यवस्था अनुसार जरिवाना हुने छ । उक्त व्यवस्थामा तोकेको सूचना, विवरण, प्रतिवेलन तोकिएको समयमा नदिएमा ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु