हवाई क्षेत्रको विषयमा संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल, सोविताले गरिन् १५ प्रश्न (भिडियो)



काठमाडौं । नेपालको हवाई उड्यन सुरक्षाका विषयमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छफलफ सुरु भएको छ ।

रास्वपाका सांसद सोविता गौतमले बिहीबारको संसद वैठकमा उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेकी छिन् ।

उनले संसदमा नेपालको हवाई क्षेत्र युरोपेली युनियन (ईयू)को कालोसूचीमा निरन्तर भएको, हवाई उडानमा पाइलटले गर्ने कमजोरी, वादलभित्र जहाज उडाउने विषय, जहाज उडानमा इन्टुमेन्टल उडान गर्ने विषयमा भइरहेको कमजोरी, प्राधिकरणले कमजोरी गरेका कारण हवाई उडान जोखिममा परिरहेकोसहितको विषयमा प्रश्न गरेकी छन् ।

सांसद गौतमले नागरिक उड्डयन प्राधिकरणले जोखिमपूर्ण हेलिपोर्टमा उडान गर्न बाध्य पारिएको, विमानस्थलको धावनमार्ग नजिक हवाई डिपो राखिरहेको, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकिएको मापदण्ड पूरा नगरेको, नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायको रुपमा नछुट्याएकोसहितको विषयमा गौतमले प्रश्न उठाएकी छन्।

उनले नागरिक उड्डयनसँग सम्बन्धित १५ प्रश्न गरेकी छन् ।

रास्वपा सांसद सुमना श्रेष्ठले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राएर नियामक र सेवाप्रदायक नबनाएसम्म उड्डयन क्षेत्रको सुधार नहुने बताइन् ।

उनले भनिन्, ‘प्राधिकरणलाई जबसम्म दुई क्षेत्रमा विभाजन गरिदैन तबसम्म उड्डयन क्षेत्रको विकास हुँदैन् ।


क्लिकमान्डु